जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । खानको खुट्टामा गोली लागेको छ ।

बीबीसीका अनुसार खानलाई पाकिस्तानको गुजरान्वालाको हल्लाहवाला चोकमा गोली प्रहार भएको थियो ।

खान माथिको हमलाका क्रममा उनीसँगै रहेका सांसद फैसल जावेद पनि घाइते भएका छन् । प्रहरीले घटनास्थलबाट एकजना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।