जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पहाडी भू–भागमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागहरुमा मौसम सफा रहेको छ ।

आज दिउसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने विभागले जनाएको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशहका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको विभागले  पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।