जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पर्वतमा मलामी बोकेको जीप दुर्घटना, पाँच जना घाइते

पर्वतको सदरमुकाम कुश्मा बजारमा सोमबार बिहान भएको जिप दुर्घटनामा परी पाँच जना घाइते भएका छन्। कुश्मा नगरपालिका–५ बडागाउँमा रहेको सशस्त्र प्रहरी बलको गण नजिकैको सडकमा करिब सवा ११ बजे ग१ज ७८५१ नम्बरको जिप दुर्घटनामा परेको हो।

पर्वत जिल्लाको मोदी गाउँपालिका–५ बाजुङबाट मलामी बोकेर मोदीबेणी घाटतर्फ जाँदै गरेको जिप सडकबाट फुत्किएर नालीमा पल्टिएको छ । दुर्घटनामा परी मोदी गाउँपालिका–५ बाजुङका ३९ वर्षीय झलकराज पौडेल, ४० वर्षीय दलबहादुर मल्ल, ५८ वर्षीय सरिता ठकुरी, ७६ वर्षीय रामबहादुर माझी र ४६ वर्षीय मीना मल्ल घाइते भएका छन्।

दुर्घटना लगत्तै उद्दार गरिएका उनीहरुको पर्वत अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्येका दुई जनामा केही बढी चोट लागेको .जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक निउरेले जानकारी दिनुभयो ।

घाइतेहरुमा बाहिर देखिने र रक्ताम्य हुने गरी चोट नलागेको भए पनि शरीरभित्र आन्तरिक चोट लागेको चिकित्सकले बताएका छन । चालक ४० वर्षीय ओमसेन ठकुरी सहितका तीनजना भने सकुशल रहेका छन्।

जिपमा धनीसमेत रहेका ठकुरी आफूहरुको नियन्त्रणमा रहेको र प्रारम्भिक अनुसन्धानको क्रममा ब्रेक फेल भएको हुन सक्ने देखिएको पनि ट्राफिक प्रहरीले बताएको छ।