जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घण्टामा ७३ संक्रमित थपिए, ६४ जना डिस्चार्ज 

जन्मभुमि खबर
काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ७३ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार २ सय १६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ९ सय ६८ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा ३ हजार ४९ जनाको पिसिआर परीक्षण गर्दा ७३ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ६५ हजार ९ सय ८५ पुगेको छ ।

गत २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मतकको संख्या २ हजार ७ सय ७७ पुगेको छ। हाल ६१ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ६४ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ४ सय ७१ पुगेको मन्त्रालयले जनाएको छ।