जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घण्टामा ४ हजार ८९७ जना नयाँ कोरोना संक्रमित थपिए, १७ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ८३४ जनाको आरटी–पीसीआर÷एन्टिजेन परीक्षण गर्दा ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ७५ सय ७३ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ७ सय ७३ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७९ हजार २७९ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५४ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १४ हजार ८३४ जनाको पीसीआर÷एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २४ लाख ४५ हजार ९६८ जनाको पीसीआर÷एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १७ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २११ पुगेको छ ।