जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घण्टामा ३३२ संक्रमित थपिए

जन्मभुमि खबर
काठमाडौं ।

पछिल्लो २४ घण्टामा कोभिड–१९ का ३३२ संक्रमित थपिएका छन् । चार हजार ६ वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा ३३२ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७९ हजार १०० पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ७९ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७३ हजार ६०८ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण कसैको पनि  मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोभिड–१९ का कारण तीन हजार ३८ जनाले ज्यान गुमाइसकेका छन् ।

हाल क्वारेन्टिनमा ७७ जना छन् भने आइसोलेसनमा दुई हजार ४५४ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।