जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घण्टामा २०९ जनामा संक्रमण पुष्टि , २५३ जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा नेपालमा २०९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको कोभिड प्रेस ब्रिफिङमा प्रवक्ता डा. संगीता कौशल मिश्राले २४ घण्टामा भएको ६ हजार ४३३ पीसीआर परीक्षणमा २०९ जनामा कोभिड-१९ पोजिटिभ देखिएको जानकारी दिएकी हुन् ।

यस्तै १ हजार १७५ जनामा एन्टिजेन परीक्षण गर्दा ११ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी ७ हजार ६०८ परीक्षणमा २२० जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा २५३ जना निको र २ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । सक्रिय संक्रमितको संख्या ४८६४ रहेको छ ।