जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घण्टामा थप ३४४२ जनामा कोरोना संक्रमण पुष्टि, थप १२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा तीन हजार ४४२ जनामा कोरोना संक्रमण भएको छ ।

तथ्यांक अनुसार नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार १७६ पुगेको छ । संक्रमितको संख्या तीन लाख तीन हजार ५६१ पुगेको छ ।

गत २४ घण्टामा ३७८ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७७ हजार ९५१ पुगेको मन्त्रालयले जनाएको छ।

कोरोनाबाट निको हुनेको दर ९१.५ प्रतिशत छ।

पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१७६ पुगेको छ।