जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घण्टामा थपिए १७९ संक्रमित, १११ संक्रमणमुक्त 

काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड–१९ का १७९ संक्रमित थपिएका छन् । तीन हजार ५६५ वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा १७९ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार ६४० पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १११ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार ९६२ पुगेको छ ।

नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु पुष्टि भएको छैन । नेपालमा कोभिड–१९ का कारण हालसम्म तीन हजार ३१ जनाले ज्यान गुमाइसकेका छन् ।

हाल क्वारेन्टिनमा ६१ जना छन् भने आइसोलेसनमा एक ६४७ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।