जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो चौबीस घण्टामा ६० जना सङ्क्रमित थपिए, ७२ जना कोरोनामुक्त, २ जनाको मृत्यु

जन्मभुमि खबर
काठमाडौं, फागुन २९ गते । नेपालमा कोरोनाभाइरसका ६० जना सङ्क्रमित थपिएका छन् ।

पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार १७८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ६० जना सङ्क्रमित थपिएको र ७२ जना निको भएको जनाएको छ ।

हालसम्म निको भएकाको संख्या दुई लाख ७१ हजार २४९ पुगेको छ । मन्त्रालयले हाल ९१५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा दुई जना
कोरोना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । थपिएका दुई जना मृतकसँगै कोरोनाबाट नेपालमा तीन हजार १४ जनाको मृत्यु भएको हो ।

हाल ४९ जना क्वारेन्टिनमा छन् ।
हालसम्म २२ लाख १२ हजार ७९६ जनाको पीसीआर परीक्षण गरिएको छ ।