जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पक्राउपछि ‘लाहुरे’ को बयान – ड्रग नखाई स्टेज चढ्न सक्दिनँ

जन्मभुमि खबर ,
पोखरा ।

र्‍याप गीत गाएर चर्चित बनेका आशीष रानामगर ऊर्फ लाहुरेलाई कास्की प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । लागुऔषध ब्राउनसुगरसहित उनी बुधबार राति पोखरा जाल्पारोडबाट पक्राउ परेका हुन् । उनी लागुऔषध प्रयोगकर्ता भएको कास्की प्रहरीले जनाएको छ ।

गायक लाहुरे, एकजना युवती र अरु २ पुरुष गरी ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कस्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताए । उनीहरुको साथमा १३.१ ग्राम लागुऔषध खैरो हिरोइन प्रहरीले फेला परेको छ ।

स्रोतका अनुसार लाहुरेले आफूले ब्राउन सुगर प्रयोग गरेको स्वीकारिसकेका छन् । ‘म ड्रग नखाई कार्यक्रममा जानै सक्दिनँ,’ लाहुरेले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा भनेका छन् । लाहुरे प्रयोगकर्ता र अरु ३ जना भने ब्राउन सुगर ओसारपोसार र त्यसको व्यापार गर्ने कारोबारी भएको कास्की प्रहरीको भनाइ छ । प्रहरी सोत भन्छ, ‘लाहुरेले बिहीबार इन्डियाबाट ओसारपोसार गर्ने सेकेन्ड लेयरमार्फत ब्राउन सुगर अर्डर गरिरहेका थिए । बाटोमा ब्राउन सुगर मगाएर कुरिरहेका थिए । सोधपुछ गर्दा स्वीकारे ।’

प्रारम्भिक अनुसन्धानमा उनी दोषी देखिएको डिएपी तिवारीले बताए । कास्की प्रहरीले लाहुरे विरुद्ध लागुऔषध सम्बन्धी मुद्दामा उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत कास्कीबाट अनुमति लिइसकेको छ । अरु मुद्दामा बढीमा २५ दिन हिरासतमा थुनेर अनुसन्धान गर्ने अनुमति प्रहरीलाई हुन्छ । तर लागुऔषध मुद्दामा भने ९० दिन अर्थात ३ महिनासम्म थुनेर अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ । तसर्थ लाहुरे बढीमा ३ महिनामा प्रहरी हिरासतमै थुनिनसक्छन् । त्यसबीच वा त्यसपछि भने अदालतले प्रमाण हेरी उनलाई थुन्ने वा छोड्ने आदेश दिन सक्छ ।

¥याप गाएर चर्चा कमाएका लाहुरे रियालिटी शो हिमालय रोडिजको निर्णयकका पनि हुन् । फिल्मदेखि ¥याप गाएर चर्चा पाएका उनले केस नम्बर ४ सय २० नेपहवको बाटो, सोल्टा, हाउडे, तीतो सत्य चुप लाग, सुपर रागा, दुई रुयैयाँमार्फत युवाहरुमा निकै लोकप्रिय छन् । । पोखराको नयाँबजार घर भएका लाहुरे ¥याप गाएरै चर्चामा आएका हुन् ।