जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेत्र गुरुङको मौलिक तिहार गित “सेलरोटि” बजारमा ( भिडियो सहित )

जन्मभुमि खबर ,
पोखरा ।

लोकदोहोरी गायक नेत्र गुरुङको ‘ देउसी भैलो ’ सार्वजनिक भएको छ। स्वरमा उनलाई रमा रानाले साथ दिएकी छिन्।

शब्द सिर्जना गुरुङ आफैँले लय भरेका हुन् । गीतको म्युजिक भिडियोमा नेत्र बहादुर गुरुङ , पबित्रा गुरुङ ,निसिका गुरुङ , डम्बर गुरुङ , पुर्ण कुमारी गुरुङ को अभिनय छ । दिवस थापा मगरको संगीत संयोजनमा तयार भएको गीतलाई नेत्र गुरुङ निर्देशन तथा छायाँकन एकेन्द्र शाह शंकर ले गरेका हुन् भने सम्पादन मनोज नेपालीको रहेको छ ।

सेलरोटी एक सस्कृती बोकेको तिहार गित हो । सेलरोटी खाम्ला मादल बजाएर जस्तो सुकै आपत विपत परेका बेला पनि बर्ष दिनको चाड तिहार हामी सबै मिलेर रमाइलो गरम भन्ने सन्देश गीतको म्युजिक भिडियो हेर्दा मिल्छ । यसअघि बाँसुरीको सपेतै , दरिबारे दुवा , कर्कला को पानी मा सो गीतबाट पनि सफलता मिल्नेमा विश्वस्त छन्।

तिहार हिन्दु धर्मावलम्बीको दोस्रो ठुलो चाड हो । अहिले युवापुस्तामा आफ्नो सस्कृती बिर्सेर हिन्दी गित वा अन्य गित हरुमा रमाइरहेका बेला आफ्नो मौलिक पनलाइ निरन्तरता दिइएको गुरुङले बताएका छन ।

छायाँकन समेत पोखराको रमणीय स्थलमा गरिएको गीतलाई हेरेर सुझाव वा प्रतिक्रिया दिन गायक गुरुङको आग्रह छ।

भन्छन्, ‘हामीले राम्रा सिर्जना र आफ्नो सस्कृतिलाई समेत माया गर्नुपर्ने हुन्छ। आजको भोली चर्चा कमाउने गरी आएका गीतको शब्द र लय सुन्दा नै उदेक लाग्दो छ। गीतसंगीतको संरक्षणका लागि हाम्रा सिर्जना समेत सबैले सुन्ने खालको हुनुपर्छ। दर्शकले समेत त्यहि अनुरुपको माया दिएको खण्डमा नराम्रा गीतले प्रशय पाउने थिएनन् ।’

उसो त गुरुङले माया प्रेमका गीतसंगीत बाहेक सामाजिक जनचेतना मुलक गीत समेत सार्वजनिक गरेका छन्। आगामी समयमा पनि लोकसंगीत क्षेत्रबाट टाढा नगई सामाजिक रुपान्तरणमा दरिलो भूमिका खेल्ने प्रणका साथ उनी लागिपरेका छन् ।