जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नववर्ष २०७८ को अवसरमा विश्व हिन्दू परिषद नेपालद्वारा दीप प्रज्वलन

काठमाण्डौ । नववर्ष विक्रम सम्वत २०७८ को उलक्ष्यमा विश्व हिन्दू परिषद नेपालद्वारा दीप प्रज्वलन गरिएको छ । नववर्ष वि.सं. २०७८ लाई स्वागत गर्दै मंगलबार परिषदले काठमाण्डौ लगायत देश विभिन्न गाउँ÷नगरका मठ मन्दिर तथा सार्वजनिक स्थलहरुमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको हो ।

 

विश्व हिन्दू परिषद नेपालद्वारा आयोजित उक्त कार्यक्रमहरुमा परिषदका पदाधिकारी, कार्यकर्ता, शुभचिन्तक एवं स्थानीयहरु समेतको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा उपस्थित सहभागी वक्ताहरुले वक्तव्यको क्रममा विक्रम सम्वतको विशेषता एवं वैज्ञानिकताबारे प्रकाश पारेका थिए साथै विक्रम सम्वतलाई विभिन्न जालझेल गरी हटाउने षडयन्त्रमा विधर्मी राष्ट्रघाती तत्वहरु सक्रिय रहेको वताएका थिए । विक्रम सम्वतलाई हटाउने समूह विरुद्ध नेपाली जनता एकजुट हुन आवश्यक रहेको वक्ताहरुले वताएका थिए ।
विश्व हिन्दू परिषद नेपालले प्रत्येक वर्ष यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने परिषदका एक अधिकारीले बताउनुभयो ।