जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नवनियुक्त मन्त्रीहरूले लिए सपथ

नवनियुक्त मन्त्रीहरूले आज सपथ लिएका छन् ।

शुक्रबार साँझ राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूलाई सपथ खुवाएकी छन्।

साथै राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ खुवाएका छन् ।

प्रधानमन्त्री देउवाले झन्डै तीन महिनापछि मन्त्रिपरिषदलाई आज पूर्णता दिएका थिए। देउवा गत असार २९ मा प्रधानमन्त्री नियुक्त भएका थिए ।

कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा (एकीकृत समाजवादी) लाई समेटेर देउवाले मन्त्री नियुक्त गरेका थिए। देउवाले सांसद नरहेका गजेन्द्र हमाललाई पनि मन्त्री बनाएका थिए।