जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नवनियुक्त उद्योगमन्त्री गजेन्द्रबहादुरको राजीनामा प्रधानमन्त्रीबाट स्वीकृत

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले नियुक्तिको तीन दिनमै पद त्याग गर्नुभएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटाबाट मन्त्री बनाइएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रधानन्यायाधीश राणा र न्यायालयकै आलोचना हुन थालेपछि हमालले राजीनामा गर्नुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर मन्त्री हमालले राजीनामा पत्र बुझाउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । हमालले दिएको राजीनामा प्रधानमन्त्रीबाट स्वीकृत पनि भइसकेको छ ।

आफू प्रधानमन्त्री बनेको तीन महिनासम्म मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्नुभएको प्रधानमन्त्री देउवाले हमाललाई प्रधानन्यायाधीश राणाको ‘कोटा’ मा मन्त्री बनाउन लागेको सुईंको पाएपछि सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म तीब्र आलोचना भएको थियो ।

हमाललाई शुक्रबार मात्रै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गरिएको थियो ।