जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नवनियुक्त उद्योगमन्त्री गजेन्द्रबहादुर हमालद्वारा राजीनामा दिने घोषणा

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा घोषणा गरेका छन् । शुक्रबार नियुक्त भएका मन्त्री हमालले आइतबार राजीनामा दिने घोषणा गरेका हुन् ।

उनले प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको भन्दै आलोचना खेपीरहेका छन् । उता काँग्रेसले भने हमाल नेपाली काँग्रेसकै भएकोले मन्त्री बनाइएको दावी गरेको थियो ।

उनले आजै प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा दिने तयारी भइरहेको बताइएको छ ।