जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नर्स हु यु.के.पठाइदिन्छु भन्दै सयौं जनाको पैसा लिएर फरार दिक्षा पुन पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

बैंकिङ कसुर मुद्दामा फरार रहेकी एक महिला पक्राउ परेकी छन् । आफ्नो खातामा पर्याप्त रकम नभएको अवस्थामा तीन लाखको चेक दिएको भन्दै प्रहरीले बागलुङ ताराखोला १ की २७ वर्षीया दिक्षा पुनलाई पक्राउ गरेको हो ।

पोखरा महानगर २ मिरुवा बस्दै आएकी पुनलाई कास्कीको अन्नपूर्ण गाउँपालिका ८ बिरेठाँटीमा नियालो घारीबाट पक्राउ गरिएको हो ।

विभिन्न व्यक्तिहरूलाई यूके पठाइदिन्छु भन्दै रकम लिएर ठगी गर्ने गरेको आरोप उनीमाथि छ । प्रहरीले उच्च अदालत पोखराबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ ।

तीन महिलाबाट ठगिएकाहरूलाई प्रमाणसहित जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क राख्न पनि प्रहरीले अनुरोध गरेको छ ।