जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

देशभर मौसममा बदली, हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

देशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।