जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दशैंका दिन श्रीमुक्तिनाथ सन्तसेवाश्रम रामघाटमा टीका ग्रहण कार्यक्रम हुने

विवेक न्याैपाने
श्रीमुक्तिक्षेत्रकाे सर्वपक्षीय महत्त्व उजागरका लागि एवं नेपालका देवस्थल तीर्थस्थलहरुकाे विकासका निम्ति जीवन समर्पित छन् जसका अनन्त श्री विभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (श्री मुक्तिनाथ बाबा)को करकमलबाट श्री मुक्तिनाथ भगवानको प्रसाद सहित विजया दशमी (दशैं) को टीका विगतका २ दशकाधिक लामाे समय देखि निरन्तर देशका विभिन्न स्थानहरुमा प्रदान गरिन्छ

साेही क्रममा प्रायः पाेखरा बासी प्रियजनहरुले एयरपोर्टबाटै लगाउदै आउनु भएकाे थियाे। असत्यमा सत्यकाे विजय, अज्ञानतामा ज्ञानकाे प्रकाश, भाैतिक दुःख कष्ट माथि मानसिक शान्तिकाे समुन्नतका लागि मान्यजनहरु बाट आशिर्वाद लिने हिन्दुहरुकाे महानचाड २०७९ काे विजयादशमीकाे टीका प्रसादि आशिर्वाद प्रदान कार्यक्रम श्रद्धेय स्वामीज्यूका वरदबाहुली बाट हाम्रै सुन्दर नगरी श्रीमुक्तिद्वार पाेखरा १० रामघाट स्थित श्रीमुक्तिनाथ सन्तसेवाश्रममा दशैंका दिन १ बजे देखि ५ बजे सम्म रहेको हुँदा यहाँहरु सपरिवार उपस्थित भै टीका ग्रहण गर्नुहुन वैदिक सनातन धर्मावलम्बी सम्पूर्ण आमाबुबा,दाजुभाई तथा दिदी बहिनीहरु मा हार्दिक निमन्त्रणा गरिएकाे कुरा संस्थाकि काेषाध्यक्ष उर्मिला बस्नेतले जानकारी दिनुभयाे ।