जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दमौलीबाट पोखरातर्फ जाँदै माइक्रोबस धयरेमा दुर्घटना १४ जना घाइते

पृथ्वी राजमार्गको तनहुँ सडक खण्डस्थित म्यादे गाउँपालिकाको धयरेमा माइक्रोबस दुर्घटना भएको छ  । दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा.४ ख. ९९९९ नम्बरको माइक्रोबस आफैं अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताए ।

दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेहरुको दमौलीस्थित रत्नहरि अस्पतलामा उपचार भइरहेको छ । ५ जनालाई पोखराको मणिपाल अस्पतालमा रिफर गरिएको छ । मणिपालमा रिफर गरिएकाहरुमा बिमल रानाभाट, भानुप्रसाद भट्टराई, बिन्दु भट्टराई, भावना श्रेष्ठ र चालक जीवन आले छन् ।

माइक्रोबस अनियन्त्रित भएर सम्धीखोला पुलको रेलिङमा ठोक्किएर १५ फिट तल खसेको डीएसपी खड्काले जानकारी दिए ।