जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

थिंक ट्यांक २०२२’को स्थापनाको घोषणा

कोरियाली प्रायद्वीपको एकीकरणका लागि नयाँ अवसरहरूको खोजी गरिने
सियोल, कोरिया । संयुक्त राष्ट्र संघका पूर्व महासचिव नागरिक सामज पहलकदमी कोरियाली पुनएकिकरणका अध्यक्ष एवम् बान की मूनले एक एकीकृत कोरियाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको अध्यक्षलाई स्वीकार्नु भएको छ ।   “थिंक ट्यांक २०२२“ उपनाम दिइएको यस पहलले कोरियाली प्रायद्वीपको एकीकरणका लागि नयाँ अवसरहरूको खोजी गर्न विज्ञहरूको अन्तर्राष्ट्रिय संजाल  निर्माण गर्दछ । १९५३ जुलाईमा कोरियाली युद्धमा बन्दुक बिसाइए पछि पनि सात दसक देखि उत्तरमा कम्युनिष्ट र दक्षिणमा प्रजातान्त्र शासन गरि कोरियाको विभाजन भैरहेको छ ।
बानले यसलाई लामो समयदेखिको बाँकी रहेको एक पहलको रूपमा उल्लेख गर्नुभयो।  उनी आइतबारको छैटौं ¥याली अफ होप (आरओएच अन्तर्राष्ट्रिय) मा कोरियाबाट आइतवार, मे,९, २०२० मा प्रसारण गरिएको कार्यक्रममा प्रत्यक्ष बोलेका थिए। उहाँले स्विकार्दै भन्नुभयो “ थिंक ट्यांक २०२२ लाई लक्ष, नेतृत्व, अथक परिश्रम र समर्पण चाहिन्छ, यो कुनै साधारण काम होइन।“
थिंक ट्यांक २०२२ युनिभर्सल पीस फेडरेशनको एक परियोजना हो जुन स्वर्गीय डा. सन म्योङ मुन र उनकी श्रीमती डा. हाक जा हान मुनद्वारा स्थापित छ, जसले वर्तमानमा यस विश्वव्यापी अभियानको नेतृत्व गर्नुभएको छ।  यूपीएफका संस्थापकहरू दुवै वास्तवमा उत्तर कोरियाबाट आएका हुन्।  उत्तरमा भएको शासनसँग उनीहरूको मैत्रीपूर्ण सम्बन्ध छ जुन ३० बर्ष अघि विकसित भएको थियो जब उनीहरूले प्योंगयांगमा उत्तर कोरियाका संस्थापक र राष्ट्रपति किम इल सुंगलाई व्यक्तिगत रूपमा भेटे।  यसको मतलब यो कामका लागि यूपीएफ आदर्श रूपमा अवस्थित छ ।

आरओएच ६ कार्यक्रम १९४ राष्ट्रहरुमा दस करोडौं को दर्शकहरुमाझ पुगेको छ ।  मिडिया प्रिन्ट, इलेक्ट्रोनिक र इन्टरनेट लगायत विश्वभर १७६ प्रसारण केन्द्रहरुमार्फत प्रसारण भएको कुरा , डा. मुनको सचिवालयका  अन्तर्राष्ट्रिय मुख्यालयका महासचिव एवं ¥यालीका प्रुमुख   डा. युन योङ हो ले बताउनुभएको छ । प्रतिष्ठित अन्तर्राष्ट्रिय  वक्ताहरुमा दुई वर्तमान राष्ट्र प्रमुख, दुई नोबेल पुरस्कार विजेता र एस्ट्राजेनेका कोभिड १९  खोपको मुख्य विकासकर्ता मध्ये एकजना  सम्मिलित थिए। ।  विशेष रूपमा, प्रमुख वक्ताहरू थिए सामदेक हुन सेन, प्रधानमन्त्री, कम्बोडिया,मोहम्मद बाजुम, राष्ट्रपति, नाइजर,माइक पेन्स, उप–राष्ट्रपति, अमेरिकी संयुक्त राज्य ,माइक पोम्पीयो, संयुक्त राज्य अमेरिका सचिव, मार्क एस्पेर, संयुक्त राज्य सुरक्षा सचिव ,जोसे मानुएल बारोसो, राष्ट्रपति, यूरोपीयन आयोग,डेभिड ब्यासले, कार्यकारी निर्देशक, युएन विश्व खाद्य कार्यक्रम ,प्रो सारा गिलबर्ट, सह–विकासकर्ता, अक्सफोर्ड भ्याक्सिन, न्युट गिनरिच, सभामुख, संयुक्त राज्य अमेरिका प्रतिनिधि सभा सम्बोधन गरेका थिए ।
यालीको समापनमा डा.मून प्रवेश गर्नुभयो , थिंक ट्यांक २०२२ को संकल्प पत्रमा हस्ताक्षर गर्नुभयो ।  त्यसपछि उहांले नयाँ शान्तिको पहलको शुभारंभको प्रतीकमा घण्टी बजाउनु भयो तर बोल्नुभएन । पाँच  ¥याली अफ होपकोश्रृंखला अगस्त २०२० बाट शुरू भयो र कोभिड–१९ महामारी, वातावरणीय विनाश , गरीबी र असमानता, जातीय र साम्प्रदायिक सम्बन्ध, र अन्तर्राष्ट्रिय सुरक्षा जस्ता विभिन्न मुद्दाहरूको सम्बोधन गरेको छ । यूपीएफ परस्पर निर्भरता (पारस्परिक सम्मान, सहयोग, र हाम्रो साझा मानवताको मान्यता), पारस्परिक समृद्धि (चरम गरीबी घटाउने र मानव विकासमा प्रतिबद्धता), र विश्वव्यापी मूल्य मान्यताहरू (विश्वासमा आधारित साझा आधार जुन हामीले पार गर्दै छौं । को मूल आदर्शमा केन्द्रित छ जुन राष्ट्रियता, धर्म, संस्कृति, र जाति को सिमाभन्दा माथी छ ।