जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि , एकजनाको मृत्यु

पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ६१९ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार ७२२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ९९ जना र २ हजार ८९७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ४९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४१ हजार ६८० पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ५२ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ५ हजार २५९ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण १ संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९९० रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय २६ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७६ हजार ६०९ पुगेको छ ।