जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तोलामा ६ सयले बढ्यो सुनको भाउ

जन्मभुमि खबर
२६, फागुन, काठमाडौं । सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ । मंगलबार ६ सय रुपैयाँले नै घटेको सुनको भाउ बुधबार पुनः बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले आजका लागि छापावाल सुनको प्रतितोला मूल्य ८६ हजार २ सय रुपैयाँ तोकेको छ । तेजावी सुनको कारोबार मूल्य ८५ हजार ७५० रुपैयाँ छ भने चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।