जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

ताेलामा १४ सय रुपैयाँ बढ्याे सुनको मुल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय निर्धारण गरिएको छ ।

शुक्रबार प्रतितोला ९३ हजार १ सयमा कारोबार भएको सुन आज प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ छ ।

शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५० रुपैयाँले बढेर १ हजार २ सय ७५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।