जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तत्काल स्कुल बन्द नगर्ने,  स्वास्थ्य मापदण्डमा कडाइ गर्ने मन्त्रिपरिषद्को निर्णय

कोरोना भाइरसको सङ्क्रमण बढे पनि शैक्षिक संस्थालगायत कुनै पनि क्षेत्र तत्काल बन्द नगर्ने निर्णय सरकारले गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल भए पनि अझै केही दिनको ‘ट्रेन्ड’ हेरेर मात्र थप रणनीति तय गर्ने निर्णय भएको हो ।
कोभिड सङ्कट व्यवस्थापन केन्द्र .(सिएमसी)ले भने केही साता विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो । मन्त्रिपरिषद्ले स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड बनाएर पालनामा कडाइ गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । मास्क अनिवार्य गर्ने, भिडभाडमा पूर्ण रोक लगाउने तथा सार्वजनिक यातायातमा नयाँ मापदण्ड बनाउने विषयमा बैठकमा छलफल भएको छ । स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड मंगलबार सार्वजनिक गरिने सञ्चारमन्त्री पार्वत गुरुङले बताए ।

पछिल्लो समय कोरोना संक्रमणबाट बालबालिका धेरै प्रभावित भइरहेका छन् । तर, विद्यालय तथा कलेजले सतर्कता अपनाउनुको सट्टा लापरबाहीसमेत गरिरहेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार सोमबार सङ्क्रमण देखिएका पाँच सय ५९ मध्ये २४ जना १८ वर्षमुनिका छन् ।