जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

डल्ले मःम’ खाने प्रतियोगितामा शिव क्षेत्री पहिलो

पोखरामा भएको ‘डल्ले मःम’ खाने प्रतियोगितामा शिव क्षेत्री पहिलो हुन सफल भएका छन् । पोखराको मानवअधिकार चोक नजिकै रहेको ‘डल्ले मःम’ ले आयोजना गरेको प्रतियोगितामा २६ जनालाई पछिपार्दै क्षेत्री पहिलो हुन सफल भए ।

उनले १० वटा मःम १५ सेकेण्डमा खादै आक्रर्षक पुरस्कार जित्न सफल भए । त्यसै गरी दिप बरुवालले १६ सेकेण्डमा मःम खाएर दोस्रो हुन सफल भए ।

प्रतियोगितामा कपिल बराल, मलिन गहतराज, गौरव सुबेदी उत्कृष्ट ५ मा पर्न सफल भए । उनीहरुले आक्रर्षक पुरस्कारका साथै डल्ले मःममा विषेश छुटको अवसर पाएका छन् ।

मःमको जानकारी दिने उद्देश्यल प्रतियोगिता आयोजना गरेको सञ्चालक सुनिल भट्टराईले जानकारी दिए । ‘डल्ले मःम’ मा मुख्य गरेर मःमका परिकार, चाउमिन, आलुका परिकार, फाइ राई र बच्चाका लागि खाजा सेट यसका विषेशता रहेको भट्टराईले बताए ।

सन् २०११ देखी डल्ले मःम रेष्टुराँ पोखरामा ११ औ शाखा हो । कमलादीमा स्थापना शुरु भएको डल्ले मःम गल्फुटार, भाटभटेनी, नक्साल, लबिम मल, जावलाखेल, बुटलबको सुख्खा नगर र कालीका नगरमा शाखा सञ्चालन गरि सकेको छ । पोखरा शाखामा १६ जनाले रोजगारी पाएका छन् ।

पिरो डल्ले खुर्सानीको नाममा रेस्टुराँ खोलेका उनीहरुले डल्ले खुर्सानीका अचार पनि बिक्रि गर्दै आएका छन् । पिरो डल्ले खुर्सानीको नाममा रेस्टुराँ खोले पनि परिकार भने स्वादिष्ट रहेको उनले बताए ।