जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जापानका पूर्वप्रधानमन्त्री शिन्जाे आबेकाे निधन

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधन भएको जापानको राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो।

जापानको सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेका ६७ वर्षीय आबेलाई आक्रमण गर्ने  संदिग्ध आक्रमणकारी ४० वर्षको पुरुष भएको रिपोर्ट गरिएको छ। आक्रमणकारीलाई प्रहरीले गीरफ्तार गरेको छ।

आबेले शुक्रबार बिहान ११ः४० बजे देशको पश्चिमी भाग नरमाको चुनावी सभालाई सम्बोधन गर्दै थिए। पछाडिबाट गोली लागेपछि उनलाई हृदयघात भएको थियो।

जापानको सरकारी सञ्चार संस्था एनएचकेका अनुसार आक्रमणकारी शिन्जो आबेसँग असन्तुष्ट थिए र मार्ने उद्देश्यले गोली चलाएका थिए।

गोली लागेपछि शिन्जो आबेलाई हेलिकप्टरबाट नारा मेडिकल युनिभर्सिटी अस्पताल लगिएको थियाे।एनएचकेका अनुसार शिन्जो आबेको घाँटीमा चोट लागेको छ र छातीबाट रगत बगेको थियाे। उनकाे उपचारकाे क्रममा निधन भएकाे हाे।