जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

छाब्दीवाराही मन्दिरलाई नेपालकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाउन आग्रह

जन्मभुमि खबर ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले पवित्र तीर्थस्थल छाब्दीको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही विकास कोषले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले छाब्दीलाई नेपालकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाउने अभियानलाई प्रभावकारी बनाउन आग्रह गरे ।

छाब्दीलाई जिल्लाको र गण्डकी प्रदेशको मात्र नभई देशकै प्रमुख धार्मिक गन्तव्य बनाउने अभियानमा म विगतदेखि नै लागेको छु, भविष्यमा पनि दत्तचित्त भएर लाग्नेछु,’ मन्त्री श्रेष्ठले छाब्दीको विकासका लागि ५० लाखदेखि एक करोडसम्मको बजेट विनियोजन गराउने आश्वासन दिए ।

फरक प्रसङ्गमा उनले बेरोजगार युवालाई रोजगारी दिन कार्ययोजना बनाएर अघि बढ्ने बताए। कार्यक्रममा छाब्दीवाराही विकास कोषका अध्यक्ष थानबहादुर थापाले छाब्दीको विकासका लागि गुरुयोजना बनाइएकाले सहयोगका लागि सरकारसँग आग्रह गरे। रासस