जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

चिलीलाई हराउँदै ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको क्वार्टर फाइनल खेलमा चिलीलाई हराउँदै ब्राजिल अन्तिम चारमा पुगेको हो । ब्राजिलका लुकास पाक्केटाले खेलको ४६ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

खेलको ५० औं मिनेटमा ग्याब्रियल जिसस रातो कार्ड खाँदै मैदान बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सीमित बनेको थियो । ब्राजिलले सेमिफाइनलमा पेरुसँग खेल्नेछ । आज बिहान भएको खेलमा पाराग्वेलाई हराउँदै पेरु सेमिफाइनलमा पुगेको छ ।