जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने विजयी

चितवन -२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवी लामिछाने विजयी भएका छन्। लामिछानेले ४९ हजार २६१ मत ल्याउँदै विजयी भएका हुन् ।

लामिछानेले नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका हुन्। मन्त्री श्रेष्ठले १५ हजार ९९ मत ल्याएका छन्।

एमालेका कृष्णभक्त पोखरेललाई तेस्रो भएका छन्। पोखरेलले १४ हजार ६४९ मत ल्याएका छन्।

लामिछानेको विजयीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म ६ सिट विजयी भएको छ।