जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

चार सन्तानसहित एक महिला कर्णाली नदीमा हाम फालिन्, दुईको शव फेला,

जन्मभुमि खबर
दैलेख : दैलेखकी एक महिला आफ्ना चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् । आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन ।
नदीमा हाम फालेका पाँचजना मध्ये १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव फेला परेको छ । आमा सुकीसहित १० वर्षीय छोरा ललित र पाँच वर्षीया छोरी रजनी बेपत्ता छन् ।
बेपत्ता रहेकी सुकीका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले पक्राउ परेको छ । उनले घटनाबारे कुनै जानकारी दिएका छैनन् । थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।