जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

घट्यो सुन-चाँदीको मुल्य

नेपाली बजारमा आज सुन-चाँदीको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा ३०० रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मूल्य घटेपछि बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँ कायम भएको छ। तेजाबी सुनको मूल्य भने ९४ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसअघि मंगलबार भने सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो। बुधबार छापावाल सुन प्रतितोला ९५ हजार ६०० र तेजाबी सुन प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २१० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार भने अघिल्लो दिनको जस्तै चाँदी प्रतितोला १ हजार २२० रुपैयाँमा किनबेच भएको थियो ।