जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

घट्यो सुनचाँदीको मुल्य

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । यस दिन सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन तोलाको ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । सोमबार यसको मूल्य तोलाको ९९ हजार ९०० थियो ।

यस दिन तेजाबी सुन तोलाको ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।