जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

घट्यो सुनचाँदीको मुल्य

स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । गत कारोबार दिन मंगलबारको तुलनामा बुधबार (आज) सुन तथा चाँदी दुवैको मूल्य घटेर करोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँ घटेर कारोेबार भएको छ भने चाँदी प्रतितोला १० रुपैयाँ घटेर कारोबार भएको छ ।

मंगलबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९१ हजार ३०० रुपैयाँमा करोबार भएको छ ।

आज तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा करोबार भएको महासंघले जनाएको छ ।

यस्तै, चाँदी प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।