जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गुल्मीबाट नयाँ बर्ष मनाउन स्वर्गद्वारी जाने क्रममा प्यूठानमा जिप दुर्घटना,पाँच जना तीर्थयात्रीको मृत्यु, दश जना घाइते

प्यूठानमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । गुल्मीबाट नयाँ बर्ष मनाउन धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाने क्रममा बुधबार विहान प्यूठानको स्वर्गद्वारी नगरपालिका (३ रुमालेमा लु १ ज १६५५ नम्बरको जीप दुर्घटना भएको हो। जिपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी र उनिहरुको परिवार सहित १६ जना सवार हुनुहुन्थ्यो।

प्यूठान प्रहरीका अनुसार तीन जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको घटना स्थलबाट प्रहरी नायव निरिक्षक बुद्धि रानाले जानकारी दिनुभयो ।

उहाका अनुसार दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका कम्प्युटर अपरेटर सूर्य पन्थी र मुद्दा शाखाका धुर्कोट (७ निवासी ईश्वर भण्डारी र खरिदार यमलाल पन्थीको घटनास्थलमै मृत्यु भएको हो । प्रशासकीय अधिकृत स्यांजा निवासी वर्ष ३८ का श्याम न्यौपाने र मुसिकोट नगरपालिका वडा नं। ३ बस्ने वर्ष २२ को जील चालक केशब कार्कीको उपचारका क्रममा भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको राना ले जानकारी दिनुभयो ।

घटनामा ११ जना घाइते छन् ।
दुर्घटनामा घाईते हुनेहरुमा रेसुङ्गा नगरपालिका वडा नं। ४ बस्ने वर्ष २३ को सुनिता कडेल, वर्ष २९ को बसन्ती पौडेल, रेसुङ्गा नगरपालिका वडा नं। १ बस्ने वर्ष ३० को गिता मुखिया, वर्ष १२ को अनिश बोहोरा, रेसुङ्गा नगरापालिका वडा नं। २ बस्ने वर्ष २४ को तारा भण्डारी, वर्ष ६ को आशिष भण्डारी, वर्ष ३३ को दिलबहादुर थापा, वर्ष २७ को कमला ज्ञवाली, वर्ष १२ को सार्थक ज्ञवाली, वर्ष ४ को निकिता पौडेल र मल्लरानी गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ३० को सन्दिप परियार रहेका छन् ।

घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीमा उपचार भईरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार ४ जनाको अवस्था गम्भिर रहेको छ ।
जीप घुम्तिमा बसलाई ओभरट्याक गर्ने क्रममा भीरबाट १ सय ५० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।