जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेश मुख्यमन्त्रीमा पुन पृथ्वीसुब्बा गुरुङ नियुक्त

जन्मभुमि खबर,
पोखरा ।
गण्डकी प्रदेश मुख्यमन्त्रीमा एमालेका पृथ्वीसुब्बा गुरुङले नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को ३ बमोजिम बुधबार साँझ आफ्नै उनलाइ  नियुक्त गरेकी हुन् । अहिले सपथकाे तयारी चलेकाे छ ।  गुरुङ प्रदेश प्रमुखकाे निवासमा पुगिसकेका छन् ।

गण्डकी प्रदेशमा सरकार गठनका लागि कांग्रेससहितको गठबन्धनले गरेको दाबीका बाबजुद ठूलो दलको हैसियतले पृथ्वीसुब्बा गुरुङले अवसर पाएका हुन् ।

गठबन्धनबाट कांग्रेसका कृष्णचन्द्र नेपालीले बुधबार दाबी निवेदन पेस गरेका थिए । ४ दलको समर्थन भनिए पनि बहुमत सांसदको हस्ताक्षर भने थिएन । विश्वासको मत लिने बेलामा बहुमत पुर्याउने दाबीका साथ गठबन्धनले निवेदन दिएको थियो । तर जनमाेर्चाका २ सांसदले धाेका दिएपछि गठबन्धनकाे प्रयास असफल भएकाे हाे ।

मुख्यमन्त्रीबाट गुरुङले वैशाख २६ गते राजीनामा दिएपछि प्रदेश प्रमुखलले बहुमतको सरकार गठनका लागि ३ दिनको समय दिएकी थिइन् ।

मुख्यमन्त्रीमा सपथ खाएपछि गुरुङले फेरि एक महिनाभित्रमा विश्वासको मत लिनु पर्नेछ । जुन उनका लागि अहिले कठीन देखिएको छ ।