जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेशको विशेष अधिवेशन वैशाख १३ गते बस्ने

जन्मभुमि खबर,
पाेखरा ।

गण्डकी प्रदेश सभाकाे विशेष अधिवशेन वैशाख १३ गतेका लागि बाेलाइएकाे छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका  दलले मागे अनुसार प्रदेश प्रमुख अमिक शेरचनले १३ गतेका लागि अधिवेशन डाकेका हुन् ।

वैशाख १३ गते दिउँसाे १ बजेका लागि बैठक डाकिएकाे पत्र प्राप्त भएकाे प्रदेश सभा सचिवालय हरिराज पाेखरेलले जानकारी दिए ।

सरकारमाथि नै संकट आइलागेपछि सरकारले वैशाख १ गते रातिबाटै संसदकाे हिउँदे अधिवेशन अन्यका लागि गरेकाे सिफारिसलाई प्रदेश प्रमुखले सदर गरेका थिए ।

लगत्तै वैशाख २ गते नै सरकारविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता भएकाे थियाे । जसमा कांग्रेसहित ३ दलका सांसदकाे हस्ताक्षार छ । राजमाेले भने त्यसमा हस्ताक्षर गरेकाे छैन ।

ती दलहरुले वैशाख २ गते नै विशेष अधिवेशन माग्दै प्रदेश प्रमुखकाे समावेदन दर्ता गराएका थिए ।

भाेलिपल्टै काठमाडाैं हानिएका प्रदेश प्रमुख साेमबार पोखरा फर्के पछि प्रदेश प्रमुख शेरचनले अधिवेशन डाकेका हुन् ।

विशेष अधिवेशन डाकेसँग अब गण्डकीमा गुरुङ सरकारकाे आयु छोटिएको आँकलन गर्न थालिएको छ ।