जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कोरोनाको हटस्पट बन्दै पोखरा ,आज मात्र कास्कीमा मात्र आज ११४ जनामा संक्रमण पुष्टि

जन्मभुमि खबर,
पोखरा ।

कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि पोखरा सहित कास्कीमा आज सबैभन्दा धेरैलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरा तथा क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणका क्रममा दोस्रो लहर पश्चात आज सबैभन्दा धेरै १२ सय १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये कास्कीको अन्नपूर्ण गाउँपालिकाका ७ जना तथा मादी गाउँपालिकाका १ जना रहेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर १ मा ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३५ र ३९ वर्षीय २ जना पुरुष तथा २५, २७ र ५५ वर्षीय ३ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

२ नम्बर वडामा ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १२७ वर्षीय १ जना किशोर तथा ४५, ४६ र ७४ वर्षीय ३ जना पुरुषसहित २०, ३४र ६९ वर्षीय ३ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा ३ मा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४०, ४७ र ५४ वर्षीय ३ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ४ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३०, ३१ र ३५ वर्षीय ३ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ५ मा ४ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २७ र ४८ वर्षीय २ जना महिला तथा २० र ३० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

६ नम्बर वडामा ८ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २८, ३२, ३३, ३५ र ४० वर्षीय ५ जना पुरुष तथा ३५, ४१ र ४० वर्षीय ३ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा ७ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३८ र ६४ वर्षीय २ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ८ मा १४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४४, ४५, ४८ र ५६ वर्षीय ४ जना महिलासहित २२, २७, २८, ३८, ४७, ५०, ५३, ५८, ७२ र ७८ वर्षीय १० जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ९ मा ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २१, २२, ३२ सहित ३५ वर्षीय २ जना र ४८ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो ।

१० नम्बर वडामा ४ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २४, ३५ र ५० वर्षीय ३ जना महिला तथा १६ वर्षीय १ जना बालकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा ११ मा ९ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ८ वर्षीय १ जना बालिकासहित २५ र ४४ वर्षीय २ जना महिला तथा २१, २३, ३२, ३९, ६१ र ६५ वर्षीय ७ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १२ मा ३७ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १३ मा ४ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा १८ वर्षीय १ जना किशोर तथा ४० वर्षीय १ जना पुरुषसहित २३ र ३८ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

१४ नम्बर वडामा ४५ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा १५ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४६ र ७२ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १६ मा ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २१८ र ४० वर्षीय २ जना महिलासहित ११ र १५ वर्षीय २ जना बालक तथा २४ र ४२ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १७ मा १२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३०, ३६ र ४६ वर्षीय ३ जना महिलासहित २०, २३, ३९ वर्षीय २ जना, ४० र ४६ पुरुष, ४१ वर्षीय २ जना तथा ४८ वर्षीयसहित ९ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

१८ नम्बर वडामा २३ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा १९ मा ४५ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर २० मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ८ वर्षीय १ जना बालिकासहित १८ वर्षीय १ जना किशोरीलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर २१ मा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २६, ३४ र ५४ वर्षीय ३ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

२३ नम्बर वडामा ४२ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

पोखरा २५ मा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा १६ वर्षीय १ जना बालकसहित २० र ४२ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर २८ मा ३० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ३९ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १२ वर्षीय १ जना बालक तथा ६१ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

३१ नम्बर वडामा ३४ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यता कास्कीकै अन्नपूर्ण गाउँपालिकामा ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो गाउँपालिकामा ११ वर्षीय १ जना बालिकासहित २९ र ४६ वर्षीय २ जना महिला तथा ८ र १३ वर्षीय २ जना बालकसहित २२ र २६ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । गाउँपालिका अन्तरगत संक्रमित कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

यस्तै मादी गाउँपालिकामा १ जनालाई संक्रमण पुष्टि भएको छ । सो गाउँपालिकामा २२ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उनी गाउँपालिका अन्तरगत वडा नम्बर ४ की हुन् ।

यस्तै गण्डकी प्रदेशका अन्य जिल्ला म्याग्दीमा ६ जना, बाग्लुङमा २२ जना, तनहुँमा १० जना, स्याङ्जामा ३ जना, पर्वतमा १ जना तथा नवलपरासीमा ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १७ हजार ७ सय ३७ पुगेको छ ।