जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कोरोनाको नयाँ भेरियन्ट देखा परेपछि हावई उडानमा प्रतिबन्ध लगाउदै ।

काठमाण्डाै – दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारतमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ ।

दक्षिण अफ्रिकाबाट कर्नाटक आएका केही यात्रुमा कोरोना सङ्क्रमण देखिएको छ । तर उनीहरु कुन प्रकारको भाइरसबाट सङ्क्रमित भएका हुन् भन्नेबारेमा खुलिसकेको छैन ।

प्रधानमन्त्री नरेन्द्र मोदीले स्वास्थ्यका सम्बन्धित अधिकारीको आपत्कालीन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देशन दिनुभएको छ । त्यस्तै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि कोरोनाको नयाँ भेरियन्टबाट प्रभावित देशसँगको उडानमा प्रतिबन्ध लगाउन माग गर्नुभएको छ ।

भारतले हङकङ, बोत्सवाना इजरायललगायतका देशबाट आउने सबै यात्रीको स्वास्थ्य जाँच गर्न निर्देशन दिएको छ । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनलाई विश्वव्यापी चिन्ताको विषय भनेको छ ।