जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कोरोनाका कारण रोकिएको रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ आजबाट फेरि सुरु

कोरोनाका कारण रोकिएको रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ फेरि सुरु हुने भएको छ । करिब दुई महिनादेखि रोकिएको शो आजबाट सुरु हुन लागेको रियालिटी शो का निर्देशक विशाल भण्डारीले बताए ।

आजको कार्यक्रममा सेलिब्रेटी जजको रूपमा अभिनेत्रीद्वय करिश्मा मानन्धर तथा रेखा थापालाई प्रस्तुत हुने छन् भने सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई, ऋचा शर्मा भने नियमित जजको रुपमा हुने नै छन् ।

यस रियालिटी शोका निर्माता केकी अधिकारी, रिमा विश्वकर्मा, विशाल भण्डारी तथा राज घिमिरे हुन् । शोको पहिलो सिजन दर्शक रुचाएपछि दोस्रो सिजन पनि सुरु गरिएको हो ।