जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

केही स्थानमा भीषण वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ।

यतिबेला प्रदेश नं १, मधेश र बागमती प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशका भूभागहरूमा सामान्यदेखि पूर्ण बदली रहेको छ। यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।.