जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कुखुरा बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

जन्मभुमि खबर
पाल्पा – पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

तानसेन नगरपालिका काजिपाैवामा भएको जीप दुर्घटनामा चालक बगनाँसकाली गाउँपालिका-४ का २० वर्षका विजय खाम्चा मगर र रिब्दीकोट- ४ का २७ वर्षका राज थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

काजिपौवाबाट कुखुरा राखेर तानसेन जाँदै गरेको २ च ६३२ नम्बरको जीप गएराति दुर्घटना भएको प्रहरीले जनाएको छ ।