जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्की-३ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका दामोदर पौडेल विजयी

जन्मभुमि खबर ,
पोखरा ।

कास्की निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका नेता दामोदर पौडेल ‘वैरागी’ निर्वाचित हुनुभएकाे छ ।

वैरागीले नेकपा माओवादीका रामजीप्रसाद बराल ‘जीवन’लाई ५ हजार ४ सय ४५ मतले पछि पार्दै विजयी हुनुभयाे । बैरागीले २२ हजार ९ सय ८० मत प्राप्त गर्दा बरालले १७ हजार ५ सय ३५ मात्र मत पाउनुभयाे । राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १ सय ८० मत पाउनुभयाे ।