जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्की-३ ‘ख’ मा नेपाली कांग्रेसका प्रकाश बराल विजयी

जन्मभुमि खबर ,
पोखरा ।

कास्की ३ ‘ख’ प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाश बराल विजयी हुनुभएकाे छ। उहाँ नेकपा एमालेका उम्मेदवार राजीव पहारीलाई ४ सय ६५ मतले पछि पार्दै विजयी  हुनुभएकाे हाे।

बरालले १२ हजार ३ सय ६७ मत प्राप्त गर्दा पहारीले ११ हजार ९ सय २ मत प्राप्त गर्नुभएकाे छ । राप्रपाका हरिराम भण्डारीले २ हजार ५ सय ६० मत प्राप्त गर्नुभयाे । यो क्षेत्रमा ४८ हजार ८ सय ५३ मतदाता रहेकोमा २८ हजार ७ सय ७९ मत खसेको थियो । त्यसमध्ये १ हजार ६६ मत बदर भएको छ ।