जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्की प्रहरी प्रमुखमा एसपी अजय केसी

जन्मभुमि खबर ,
पोखरा ।

कास्की जिल्ला प्रहरी प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) अजय केसी आएका छन् । नेपाल प्रहरीका ११ जना (एसपी) काज सरुवा भएको हो । आइतबार भएको काज सरुवामा ७ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

सरुवा सूची अनुसार भक्तपुरमा प्रजित केसी, बारामा होविन्द्र बोगटी, मकवानपुरमा वामदेव गौतम, रौतहटमा वीरबहादुर बुढा मगर, कपिलवस्तुमा प्रेमबहादुर बस्नेत र डोटीमा दिलीप घिमिरे पठाइएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कास्की जिल्ला प्रहरी प्रमुख रमेश थापा यति बेला तालिमको सिलसिलामा अमेरिका छन् । पोहोर असार २१ गते कास्की आएका थापा गएको असार २१ मै तालिमका लागि कास्कीबाट गएका थिए ।