जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीको मादी गाउँपालिकामा ल्होसारको भोलिपल्ट पनि स्थानीय बिदा

जन्मभुमि खबर ,
पोखरा ।

कास्कीको मादी गाउँपालिकाले गुरुङ जातिले मनाउने तमु ल्होसारको भोलिपल्ट पनि बिदा दिने निर्णय गरेको छ । गुरुङ जातिले पुस १५ गते ल्होसार मनाउँदै आएका छन् ।

मादीको गाउँ कार्यपालिकाले ल्होसारको भोलिपल्ट स्थानीय बिदा दिने निर्णय गरेको अध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए।

तमुहरुको बाहुल्य रहेको मादीमा पर्वकै भोलिपल्ट काममा जाने र पूर्ववत् जिम्मेवारीमा फर्किन सर्वसाधारणलाई कठिनाइ हुने भएको बिदा दिइएको हो ।

अध्यक्ष गुरुङ यसबाट पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने बताउँछन्  ।

पुस १६ गते गाउँ कार्यपालिकाको कार्यालय र पालिका अन्तर्गतका सबै कार्यालय बन्द रहने छन् । पुस १५ गते भने सार्वजनिक बिदा हुने गरेको छ । पुस १५ लाई मगर समुदाय र हिन्दु समुदायले पनि फरक फरक तवरले पर्वका रुपमा मनाउने गरेका छन् ।