जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीः २ र ३ मा घण्टी, १ मा एमालेको अग्रता

जन्मभुमि खबर ,
पोखरा ।

मंगलबार विहानसम्म कास्कीको २ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम गरेका छन् । क्षेत्र नम्बर १ मा भने एमाले अगाडि देखिन्छ ।

६ हजार ७५० मतगणना सकिएको छ । नेकपा एमालेका मनबहादुर गुरुङले ३ हजार ४१२ मत पाएका छन् । सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्र्रेसका किशोरदत्त बरालले २ हजार ६२४, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्यबहादुर गुरुङले १८९ र राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राइले २२९ मत पाएका छन् ।

क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको सुरुवातदेखिको अग्रता कायमै छ । ८ हजार ३५२ मत गणना सकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेल नेकपा एमालेकी विद्या भट्टराइ भन्दा १७४ मतले अगाडि छन् । कँडेलले २ हजार ४३१ र भट्टराइले २ हजार २५७ मत प्राप्त गरे । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नेकपा एकिकृत समाजवादी पार्टीका श्रीनाथ बराल तेस्रो स्थानमा छन् । उनको पक्षमा १ हजार ४०३ मत परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्वणराज पन्तले १ हजार ८३ ल्याएर चौंथो स्थानमा छन् ।

कास्की ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलको अग्रता छ । उनले ३ हजार ३०६ मत प्राप्त गर्दा एमालेका दामोदर पौडेल ‘बैरागी’ २ हजार ९५१ मत ल्याएर दोस्रो स्थानमा छन् । गठबन्धनकातर्फबाट उम्मेदवार बनेको माओवादीका रामजीप्रसाद बराल ‘जिवन’ को पक्षमा १ हजार ८७८ मत खसेको छ । बराल गण्डकीका अर्थमन्त्री समेत हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद सुवेदीको पक्षमा ६६६ मतदाता खुलेका छन् ।