जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कांग्रेस नेता प्रदीप गिरीको निधन

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको शनिबार राति निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालको उपचाररत गिरीको शनिबार राति साढे ९ बजेर ३६ मिनेटमा निधन भएको हाे ।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पाैडेलले  गिरीकाे  निधन भएकाे भन्दै फेसबुकमा स्टाटस लेखेका छन् । मेडिसिटी अस्पतालले औपचारिक घाेषणा भने गरेकाे छैन । अर्का कांग्रेस नेता डा. मिनेन्द्र रिजालले पनि  गिरीकाे निधन भएकाे जनाएका छन् ।

गिरी क्यान्सरबाट पीडित थिए । भारतमा क्यान्सको उपचार गराएर स्वदेश फर्केका गिरीको स्वास्थ्यमा समस्या देखिएपछि ललिपुरस्थित मेडिसिटीमा भर्ना गरिएका थिए । पछिल्लो समयमा उनमा मल्टिपल अर्गान फेलियरको समस्या देखिएको थियो ।

उनी सिराहाबाट २०७४ मा प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए । गिरी नेपाली राजनीतिक वैचारिक नेता मानिन्थे । उनी माक्र्सवादी दर्शनका ज्ञाता थिए । सँधै सादा जीवन विताउँदै आएका गिरी नेपालमा कम्युनिस्टलाई मार्क्सवादबारे प्रशिक्षण दिने कांग्रेस नेता थिए ।