जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म

जन्मभुमि खबर

काठमाडौं । २०७७ सालको एसइई परीक्षा आगामी जेठ १३ गतेबाट सञ्चालन हुने भएको छ । जेठ १३ गतेबाट २४ गतेसम्म २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसइई) परीक्षा सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको बैठकले निर्णय गरेको हो ।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार यो वर्षको एसइई राष्ट्रिय परीक्षा बोर्डले लिने गरेको छ । यस अगाडि माघ २६ गतेको मन्त्रिपरिषद् बैठकले समेत एसइई परीक्षा बोर्डले नै लिने निर्णय गरेको थियो ।