जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एसईईको प्रश्नपत्र बिक्री गरिँदै

परीक्षा नियन्त्रण कार्यालयले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्र बिक्री गर्न बोलपत्र आह्वान गरेको छ।

कोरोना संक्रमणका कारण २०७७ सालमा एसईई परीक्षा सञ्चालन हुन सकेको थिएन। ती प्रश्नपत्रहरु परीक्षा नियन्त्रण कार्यालयमै राखिएको थियो।

कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘माध्यमिक शिक्षा परीक्षा २०७७ को प्रश्नपत्र, फाराम तथा अन्य काममा प्रयोग नहुने कागजातहरू गोप्य रूपमा धुल्याउन पर्ने भएकोले इच्छुक आफ्नै रिसाइक्लिङ भएका संस्थागत पेपर मिल्सहरूबाट नगद एक हजार रुपैयाँ दाखिला गर्नू।’

सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कागज धुल्याउने दरभाउपत्र फाराम पनिकाबाट खरीद गरी १६औं दिनको १२ बजेभित्र दरभाउ पत्रसाथ कबोल अंकको दश प्रतिशतले हुने रकम बराबरको ९० दिन म्याद भएको जमानत वा तोकिएको बैंकमा धरौटी रकम जम्मा गर्न अनुरोध गरेको छ।

गत जेठ ३१ मा प्रथम पटक पनिकाले बोलपत्र आह्वान गरेको हो।